काठमाण्डौं ।
गीतकार प्रमिला बस्नेतको ‘बनकी चरी’ बोलको गीत सार्वजनिक भएको छ ।

द भ्वाइस अफ नेपाल की प्रतिष्पर्धी गायिका सुरक्षा सेन्चुरीको आवाजमा रहेको गीतमा नेपाली परिवेशलाई चित्रण गरिएको छ । गीतमा मायालु जोडि विचको प्रेम प्रसंङगलाई समेटिएको छ ।

मौलिकपनमा आधारित गीत भएकाले आम दर्शक तथा स्रोताको मनमा बस्न सफल हुनेमा आफु आशावादी रहेको गीतकार प्रमिलाले बताइन । आफनी मायालुलाई मायाको संसारमा एकान्तमा प्रेमका भाव ब्यक्त गर्न गायिका आतुर रहेकी छन ।

विकाश चौधरीको संगीत तथा एरेन्जमा तयार गरिएको गीतमा पुर्ण राईको सम्पादन तथा छायाँङकन एवम उषा मलाहा ( सिम्रन )को निर्देशन रहेको छ ।

‘बनकी चरी’ भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया