काठमाण्डौ श्रावन ०१ – संचार कर्मबाट नेपाली लोक तथा दोहोरी गीत संगीतको सम्बर्धन र प्रबर्धनमा जुटिरहेका गायक तथा शर्जक शरण हुमागाईंको पछिल्लो लोक दोहोरी गीत ” “पबित्र मायामा”” भर्खरै मात्र सार्बजनिक भएको छ । उनको केहि समय अगाडी मात्रै भिरैको खनायो बोलको गीत सार्बजनिक भएको थियो । उक्त गीतले धेरै श्रोता तथा दर्शकहरुको मन जिते पश्चात यो गीत सार्बजनिक भएको हो । कुनै पनि कलाकरलाई आफ्नो सिर्जना श्रोता तथा दर्शकले रुचाईदिनु भए मात्र अर्को प्रस्तुति बजारमा ल्याउन उर्जा मिल्ने गर्दछ । संचारकर्मी, गायक तथा शर्जक शरणलाई पनि यस भन्दा अघिका प्रस्तुतिमा सफलता प्राप्त भएर नै होला गीत बजारमा आएको ।

भर्खरै बजारमा आएको “पबित्र मायामा” बोलको गीतमा शरण हुमागाईं र शाबित्री श्रेष्ठको सुमधुर स्वर सुन्न सकिन्छ । गीताई लय मच्छेस्वर सापकोटाले भरेका हुन् भने शब्द शरण हुमागाईंको नै रहेको छ । वियोगान्त स्वादमा तयार भएको यस गीतको म्युजिक भिडियोमा प्रकाश तामाङ्ग राज, अनु पराजुली र युबक कार्कीको अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन मोडल स्वयम् प्रकाश तामाङ्ग राज ले गरेका हुन् भने छायांकन मरुभूमि नारायण र सम्पदान रोशन धितालले गरेका छन् । प्रस्तुत गीतलाई शरण हुमागाईं नामको युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *