काठमाण्डौ असार २८ – निकै समय प्रबासमा रहेका गायक तथा सर्जा गङ्गा प्रसाद घिमिरे हाल नेपालमा नै रहेका छन् । उनले प्रबासमा रहंदा पनि थुप्रै गीतहरु आफ्ना श्रोता तथा दर्शकहरु माझ पस्किएर धेरैको मन जितिसकेका छन् । उनै गङ्गाको पछिल्लो समय मौलिक पुर्बेली गीत “लाल ज्योति” सार्बजनिक भएको छ । प्रस्तुत गीत सुन्दा विश्वको जुनसुकै स्थानमा रहेता पनि जो कोहीलाई पनि आफ्नै गाउँ पाखा कुना कन्दरामा पुगेको महसुस हुन सक्दछ ।

निकै कर्णप्रिय स्वादमा तयार भएको यस गीतलाई लय तथा शब्द सृजना भानु ओलीले भरेका छन् । गीतमा गङ्गा प्रसाद घिमिरे भानु ओली, रानु निरौला र नविना ओलीको सुमधुर स्वर सुन्न सकिन्छ । यस गीतको म्युजिक भिडियो पनि निकै आकर्षक बनाइएको छ । भिडियोमा सुबोध रसाइली र अन्जली माझीको अभिनय देख्न सकिन्छ ।

पछिल्लो समय भड्किदो लोक संगीतको बाटोलाई केहि हद सम्म भए पनि यस गीतले यथा स्थानमा राख्न मद्धत पुर्याउने कुराको बिस्वास लिन सकिन्छ । “लाल ज्योति” बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन तथा छायांकन रोहित लम्गाड़ेले गरेका हुन् भने सम्पादन सुबाश लिम्बुले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Leave a Reply

Your email address will not be published.