काठमाण्डौ असार २८ – सार्बजनिक भएको छोटो समयमा नै मोहन खड्का र अमृता बन्जराको संयुक्त प्रस्तुति तीज गीत “गोल्डेनको सारी” निकै नै चर्चामा पुगेको छ । यसको कारण पछिल्लो समय अत्यन्त चर्चामा रहेका गायक अलिफ खान र गायिका लक्ष्मी खड्काको संलग्नता भएर पनि हुन सक्दछ। त्यस्तो यस भन्दा अगाडिका मोहन खड्काको हरेक प्रस्तुतिले यसै गरेर अशंख्य श्रोता तथा दर्शकहरुको मन नजितेका भने होइनन् । यो सबै सम्बन्धित कलाकार मौलिकता भन्दा बाहिर नजानु हो ।

भर्खरै बजारमा आएको “गोल्डेनको सारी” बोलको गीतमा अलिफ खान र लक्ष्मि खड्काको सुमधुर स्वर सुन्न स अकिन्छ । गीतलाई शब्द मोहन खड्काले तयार पारेका हुन् भने लय सुरज के.सि को रहेको छ । नेपाली नारिहरुको महान चाड हरितालिका तीज २०७८ सालको शुभकामना सहित सार्बजनिक गरिएको यस गीतका गायक अलिफ र लक्ष्मिले आफ्ना सम्पुर्ण श्रोता एवम दर्शकहरु लक्षित गर्दै अन्य गीतलाई जसरी यस गीतलाई मन पराएर आफ्नो सांगितिक यात्रालाई अगाडि बढाउन साथ सहयोग उपलब्ध गराईदिनुहुन अनुरोध गरेका छन् ।

प्रस्तुत गीतको म्युजिक भिडियोमा अन्जली अधिकारी र अर्जुन गौतमले आकर्षक नृत्य प्रस्तुत गरेका छन् । भिडियोलाई निर्देशन कपिल लामा, कोरेयोग्राफी माधब श्रेष्ठले गरेका हुन् भने छायांकन बिपिन क्षेत्री तथा सम्पदान उत्तम कुमार कार्कीले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया