काठमान्डौ असार ११ – स्थायि घर दोलखा जिल्ला र हाल रोजगारीको सिलशिलामा मलेसिया रहेका गायक तथा सर्जक पासांग शेर्पाले बेलाबखत बिभिन्न गीत संगीतहरु बजारमा ल्याइरहन्छन । उनले यस अघि पनि थुप्रै गीतहरु बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन भने यस पटक उनै लोकप्रिय सर्जक तथा गायक पासांगले “मायालुको लेख्छु नाम अब रगतले” बोलको गीत लिएर आएका छन ।

अजम्बरी प्रेम कथामा आधारित यस गीतलाई लय गायक स्वयम पासांगले भरेका हुन भने शब्द महेश नेपालले लेखेका हुन । पासांग शेर्पा र गिता देबि द्वारा स्वर बद्ध “मायालुको लेख्छु नाम अब रगतले” बोलको गीत निकै उत्कृष्ट बनेको छ । केहि समय अगाडी मात्र पासांग शेर्पाको “बा आमाको माया” बोलको गीत सार्बजनिक भएको थियो । यो र यस्तै गीतको चौतर्फि सफलता पछि बजारमा आएको माथि उल्लेखित गीतको म्युजिक भिडियोमा सबिन  गौतम र अन्जु सुनारको आकर्षक अभिनय देख्न सकिन्छ ।

यस गीतको म्युजिक भिडियो फर्पिंगको बिभिन्न रमणिय स्थलमा दिनेश मुस्कानले छाँयाकन गरेका हुन भने गौरब गिरीको निर्देशन  रहेकोछ । यसैगरी श्रृङ्गार भने अन्जना लामिछानेको रहेको छ र “मायालुको लेख्छु नाम अब रगतले” बोलको गीतको म्युजिक भिडियोलाई गौरव गिरिले नै सम्पादन गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला । 

तपाईको प्रतिक्रिया