पहिलो प्रेमिकाले धोका दिएपछि मिलन दंगाली यसरी देखिए (भिडियो सहित)

काठमाण्डौ असार ०३ – नेपालि गीत संगीतको क्षेत्रमा फरक-फरक स्वादका गीत संगीतहरु बजारमा आइरहेका छन् । यस भित्र पनि पछिल्लो समय निषेधाज्ञाको कारणले सबै फुर्सदमा रहंदा समय बिताउने माध्यम नै गीत संगीत बनेको छ । यसैलाई मध्यनजर गर्दै स्थायी घर दाङ्ग र हाल काठमाण्डौ रहेर आफ्नो कलाकारिता यात्रालाई अगाडी बढाई रहेका गायक गीतकार तथा संगीतकार मिलन दंगालीले पुनः अर्को गीत बजारमा लिएर सार्बजनिक भएका छन् ।

उनले यस अगि पनि केहि गितहरु बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् । मिलनको पछिल्लो समय बजारमा आएको गीत आधुनिक स्वादमा रहेको छ । उक्त गीत “पहिलो माया” बोलको रहेको छ । प्रस्तुत गीतमा उनकै सुपुत्री योजना  छिनालको सुमधुर स्वर सुन्न सकिन्छ । योजना द्वारा स्वर बद्ध गीत यो नै पहिलो भएता पनि कुनै पनि ब्यवासाहिक गायिकाको भन्दा कमि स्वर यस गीतमा सुन्न सकिंदैन ।

गीतलाई शब्द रचना मिलन दंगालिले नै गरेका हुन् भने संगीत बिशाल निरौलाले भरेका छन् । यस गीतको म्युजिक भिडियो पनि निकै आकर्षक बनेर संगीत सरोबर नामको युट्युब च्यानल मार्फत सार्बजनिक भैसकेको छ । “पहिलो माया” बोलको गीतको म्युजिक भिडियोमा मिलन दंगाली, रन्जु, बिपना, युनिक र रविनाको आकर्षक अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन मिलन दंगालिले नै गरेका हुन् भने छायांकन तथा सम्पादन जय बहादुर दसालले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *