काठमाण्डौ जेष्ठ २२ – पछिल्लो समय दोस्रो भेरियन्टका कारण सबै नेपालीलाई बाच्नलाई गाह्रो भएको अवस्था छ । रोकबाट बाच्ने की भोकबाट बाच्ने भन्ने त्रासमा छन् नेपालीहरु । नेपाल सरकारले दैनिक ज्याला मजदुरी गरेर दिनका दिन हात मुख जोड्न पनी गाह्रो हुने अवस्थाका ब्यक्तिहरुलाई राहत प्रदान गर्न सकेको छैन । नेपाली नेताहरु त केवल सत्ताको दाउमा मात्र केन्द्रित छन् । कोरोनाको महामारीको यो बिषम परिस्थितीमा पनी सरकार भ्रष्टचार गर्नमा ब्यस्त छ ।
कतिपय ब्यक्तिहरुलाई बिहान खाए बेलुका के खाँउ, बेलुका खाए बिहान के खाँउ भन्ने अवस्था पनी छ । यस्तो अवस्थामा ति भोका नांगा, पिडित ब्यक्तिहरुलाई कसैले राहत प्रदान गरेका छैनन् । सोही कुरालाई मध्य नजर गर्दै कलाकार आशा भुसालले ५० हजार बराबरको आफ्नै लगानीमा खाधान्न सामग्री खरिद गरेर बितरण गरेकी छिन् । नेपाल सरकारले कानमा तेल हालेर बसेको भएर दुखी गरिबहरुको अवस्था देखेर दया लागेर आफ्नै लगानीमा यो अभियान सुरु गरेको कुरा आशा भुसालले जानकारी गराईन् ।
अझै कोही भोका नांका, खान नपाएका ब्यक्तिहरु भएको खण्डमा फेरी राहत बितरण गर्ने कुरा उनले बताईन् । साथै यस अभियानमा सबैले साथ सहयोग गरिदिनका लागी आशा भुसालले अनुरोध गरिन् । आशा भुसाल नेपाली चलचित्रहरु सुनपानी, दुश्मनी लगायत थुप्रै चलचित्र र धेरै म्युजिक भिडियोहरुमा समेत अभिनय गरिसकेकी छिन् ।
आशा भुसालले सुनपानी चलचित्रबाट लाखौ दर्शकहरुको मन जित्न सफल भएकी थिईन् । नेपाल सरकारले गर्न नसकेको काम गरेकोमा आशा भुसाललाई बधाई दिदै यस अभियानलाई निरन्तरता अगाडी बढाउनका लागी हाम्रो तर्फबाट शुभकामना ब्यक्त गर्दछौं ।