काठमाण्डौ बैशाख २७ । कुशल बेलाबासेको लोक दोहोरी गीत सनिसार केहि समय अगाडी मात्रै सार्बजनिक भएको थियो । यस गीतलाई अत्याधिक श्रोता एवं दर्सकहरुले रुचाएका थिए । यसको कारण गीतको गीतको मिठासता र उक्त गीतको भिडियो मेकिङ्गका साथै त्यस भित्रका पात्र रहेका थिए । माथि उल्लेखित गीतमा शिशिर पौडेल र सारिका के.सी को अभिनय रहेको छ ।

यी र यस्तै धेरै गीतहरुको म्युजिक भिडियो अभिनयको सफलता पछी पुनः मोडल शिशिर पौडेल अर्को गीतको म्युजिक भिडियोमा देखिएका छन् । प्रस्तुत गीत “ए बरै” बोलको रहेको छ । यस गीतको म्युजिक भिडियोमा शिशिर संगै पुनः सारिका देखिएकी छिन् । सम्बन्धित कलाकारहरुको अनुसार जसरी पहिलेका गीतको म्युजिक भिडियोलाई अशंख्य श्रोता तथा दर्शकहरुले रुचाईदिनु भयो यसलाई पनि उत्तिकै साथ् प्राप्त हुनेछ भन्ने बिश्वास रहेको छ ।

ए बरै बोलको गीतको म्युजिक भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया