काठमाडौँ बैशाख २४ – बिशेष गरेर स्टेज कार्यक्रमहरुमा ख्याती कमाएकी गायिका आशा लामा “ज्ञानमाला” बिगत निकै लामो समय यता नेपाली गीत संगीतको क्षेत्रमा क्रियासिल रहेकी छिन् । उनले अहिले सम्म सयौं गीत संगीतमा काम गरिसकेकी छिन् । आशाले काम गरेकी बिभिन्न लोक तथा दोहोरी गीत आज पनि अशंख्य श्रोता तथा दर्शकहरुको रोजाईमा परिरहेको छ । उनले लोक तथा दोहोरी गीत मात्र होइन केहि आधुनिक गीतहरुमा पनि काम गरिसकेकी छिन् ।

उनै आशा लामा “ज्ञानमाला” को संलग्नतामा पछिल्लो समय “सम्झनालाई झुम्के रुमाल” बोलको गीत सार्बजनिक भएको छ । प्रस्तुत गीतमा आशा लामा “ज्ञानमाला” र पदम दुलालको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय नबराज घोरासैनीको रहेको छ भने शब्द भिमसेन खतिवडा, पदम दुलाल र रुद्र के.सी को रहेको छ । गीतको मिठासता जस्तै भिडियोलाई पनि निकै आकर्षक बनाएर सार्बजनिक गरिएको छ । भिडियोमा निर्मल क्षेत्री र सपना खड्काको अभिनय देख्न सकिन्छ ।

राज के.सी द्वारा निर्देशित भिडियोलाई छायांकन रामकुमार के.सी, बिभिषण महर्जन र सम्पादन टेकेन्द्र शाहले गरेका छन् भने यस गीतको म्युजिक भिडियोलाई सन्तोष राजबाहकको कोरियोग्राफीले थप आकर्षक प्रदान गरेको छ । नबराज घोरासैनी नामको युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको यस गीत संग सम्बन्धित सम्पूर्ण कलाकार ज्युहरुलाई हामि सफलताको शुभकामना ब्यक्त गर्दछौं ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया