काठमाडौँ बैशाख २४ – गायक बिमल खड्का र धुर्ब न्यौपाने को वियोगान्त कथा बोकेको बास्तविक घटना मा आधारित् लोक गित “देव लक्ष्मी” डि ए आर मुभीज एण्ड फिल्म्स प्रा.लि. को अफिसिएल च्यानल मार्फत सार्वजनिक भएको छ । गायक बिमल खड्का नेपाली सेनामा कार्यारत् छन् । उनको खाली समयको साथि बनेको लोक गित संगीतलाई आफ्नो अर्को परिचय बनाउन चाहने बताएका छन् ।

यस गीतपछि निरन्तर अन्य गितहरु पनि बजारमा ल्याउने तयारी रहेको पनि बिमल र धुर्बले बताएका छन् । लय शब्द धुर्ब न्यौपानेको रहेका यस गीतमा स्वर बिमल खड्का र धुर्ब न्यौपाने दुवैको रहेको छ । साजन पराजुलीको निर्देशनमा बनेको भिडियोमा बिमल खड्का स्वयंको अभिनय रहेको छ भने मोडल सपना खड्काले पनि उनलाई साथ दिएकी छिन् ।

भिडियोको छायांकन मधुर बस्नेत, सम्पादन कृष्ण गौतमको रहेको छ, भने यस गीतको अडियोलाई रेकर्ड एक्शन स्टुडियो नेपाल अनामनगरमा रेकर्ड गरिएको हो । गीतको संगीत संयोजन प्रभावन जे को रहेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया