उद्धब घिमिरे उषा सुबेदी लगाएत कलाकारहरुको अभिनयमा पासाङ्गको “बा आमाको माया” बजारमा

काठमाण्डौ बैशाख १७ । प्रेममा मान्छेले संसार त्यागेको घटना हाम्रो नेपाली समाजमा पाइने गर्दछ, तर अहिले यस्तो गीत बजारमा आएको छ, जुन गीतले कसैबाट धोका पाउँदैमा संसार ल्याग्नु भन्दा पनि आफ्नो घर परिवार दाजु भाई दिदि बहिनिहरुको मायालाई आत्मासाथ गर्दै आँटिलो बन्न संदेश प्रबाह गरेको छ । उक्त गीत स्थायी घर दोलखा र हाल रोजगारीको सिलसिलामा मलेसियामा रहेका कलाकार पासाङ्ग शेर्पाको प्रस्तुतिमा “बा आमाको माया” बोलको रहेको छ । प्रस्तुत गीतमा उद्धब घिमिरे, पासाङ्ग शेर्पा र पूर्ण कला बि.सी को सुमधुर स्वर सुन्न सकिन्छ ।

सामाजमा एउटा प्रेमी प्रेमिका बीच घटीरहेको घटनालाई पनि यस गीतको संदेश मार्फत न्यूनीकरण हुनेछ भन्ने कुरामा विश्वास लिन सकिन्छ । “बा आमाको माया” बोलको गीतको म्युजिक भिडियोमा गायक तथा सर्जक उद्धब घिमिरे स्वयम् देखा परेका छन् । उनि संगै उषा सुबेदी, लक्ष्मण चौलागाईं, रोश्नी सापकोटा र वर्षा सिलुवाल्को पनि यस गीतको म्युजिक भिडियोमा मल लोभ्याउने अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन खामेश श्रेष्ठले गरेका हुन् भने छायांकन प्रवेश पोख्रेल र सम्पादन रोशन धितालले गरेका छन् । गीतलाई उद्धब घिमिरे आफिसिएल युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *