काठमाण्डौ बैशाख १३ । स्थायी घर काभ्रे जिल्ला भएका युवा ब्यवासाही, गायक तथा सर्जक बिक्रम जङ्ग शाहको प्रसतुतिमा पुनः अर्को गीत सार्बजनिक भएको छ । उक्त गीत “ज्यानलाई भो खतरा” बोलको रहेको छ । उनको केहि समय अगाडी मात्रै “खोला खाल्सी” बोलको गीत सार्बजनिक भएको थियो । यसै गीतको चौतर्फी सफलता पछी बिक्रमको पछिल्लो सांगीतिक प्रस्तुतिमा पनि अशंख्य श्रोता तथा दर्शकहरुले मन पराईदिनु हुनेछ भन्ने कुरामा उनि ढुक्क रहेका छन् ।

करिब १० लाखमा तयार भएको यस गीतमा स्वर नेपालकी सर्वप्रिय गायिका अन्जु पन्त र बिक्रम जङ्ग शाहको स्वर सुन्न सकिन्छ । गीतलाई संगीत सुबाश भुसालले तयार गरेका हुन् भने शब्द लेखु सहयात्रीको रहेको छ । फिल्मी स्वादमा तयार भएको यस गीतको म्युजिक भिडियोमा शिल्पा पोख्रेल र रबिन्द्र रिमालको रहेको छ । सम्झना उप्रेती रोनियरको निर्देशन रहेको भिडियोमा कोरिग्राफी गोबिन्द राईको रहेको छ ।

बिक्रम जङ्ग शाहको यस प्रस्तुतिलाई ड्रोन अप्रेटिंग प्रमोद श्रेष्ठले गरेका हुन् भने छायांकन रामेश्वर हुमागाईं र सम्पादन भरत रेग्मीले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *