काठमान्डौं बैशाख १३ । स्थायी घर रामेछाप भएका युवा समाजसेबी शिब सागर मगरको एक गीत अहिले बजारमा रहेको छ । उक्त गीत “आँट आँट माया” बोलको रहेको छ । उनि ग्रेश हिमालय मिडियाका अध्यक्ष, राष्ट्रिय युवासंघ नेपालका सचिव र मगर संघ रामेछापको अध्यक्ष समेत रहेर सामाज हितका निमित्त आफ्नो भूमिका निर्वाह गरिरहेका छन् । शिबले यस अगी पनि थुप्रै लोक पप सैलिका गीतहरु बजारमा ल्याईसकेका छन् । यो पछिल्लो समय बजारमा आएको गीतमा शिब सागर मगर र रमिला न्यौपानेको सुमधुर स्वर सुन्न सकिन्छ ।

निकै आकर्षक ढंगबाट तयार भएको “आँट आँट माया” बोलको गीतमा खुमन अधिकारीको लय र रमिला न्यौपानेको शब्द रहेको छ । प्रस्तुत गीतको म्युजिक भिडियोमा हट मोडल पार्वती राई र शिब सागर मगरको एक सुमिंग पुल भित्रको रोमान्च देख्न सकिन्छ । भिडियोलाई निर्देशन प्रकाश भट्टले गरेका हुन् भने छायांकन करन चैंसिर र सम्पादन बिष्णु शर्माले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Leave a Reply

Your email address will not be published.