गायक विष्णु ढकाल (लाकडाक) स्वर मा ‘तिम्रो मनमा ’ भिडियो सहित ।

काठमाडौं। नयाँ वर्षको पावन अवसरमा प्रवासमा रहेर पनी नेपाली सुगम संगीतको निर्देशन गर्दै आएका विरेन्द्र नौभाग्यको अभिनय रहेको ‘तिम्रो मनमा ’ नामक गीत बजारमा आएको छ । यस गीतमा गायक विष्णु ढकाल (लाकडाक) स्वर दिएका छन्।

बिरेन्द्र नौभाग्यको निर्देशनमा रहेको यस गीतलाई सन्च लिम्बुले संगीत भरेका छन मर्मस्पर्शी शब्दले भरीपूर्ण गीतको म्यूजिक भिड़ियो को छायांकन कोरियाको विभिन्न ठाउँमा गरिएको निमार्ण पक्षले बताएको छ । युवा अवस्थामा भएका जोडि विचको प्रेम प्रसङ्गलाई गीतमा निकै आकर्षक रुपमा प्रस्तुत गरिएको छ । प्रेमी प्रेमिका विचको मायालाई आम दर्शक तथा स्रोताले मन पराउनेमा आफु निकै आशावादी रहेको निर्देशक नौभाग्यले बताए । ‘तिम्रो मनमा ’ गीतको भिडियोलाई लाकदाकले छायाँकन तथा सम्पादन गरेका हुन भने निर्देशन विरेन्द्र नौभाग्यको रहेको छ ।यसमा विरेन्द्र नौभाग्य र सोनि तामाङ्गको रोमान्टिक र जीवन्त अभिनय रहेको छ यस अघि पनि बीरेन्द्र नौभाग्यका दर्जनौं गितहरु दर्शक श्रोताहरुको रोजाईमा परिसरेका छन् ।धेरै अवार्डहरु हात पारिसकेका बिरेन्द्र नौभाग्य को अब फेरि मायाको कम्पनि डान्स बिट को गित आउने क्रममा रहेको जानकारी गराउनु भएको छ । अहिले कोरिया को ब्यस्त मोडल को रुपमा चिनिदै आउनुभएको छ ।

‘तिम्रो मनमा ’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *