काठमाण्डौ चैत्र ३० – “अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन” भन्ने मुल नारा सहित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समिती काठमाडौंको आयोजनामा हुन गईरहेको “सातौं राष्ट्रिय लोक दोहोरी अवार्ड – २०७८” को फारम खुल्ला भएको छ । यस अवार्ड कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा आगामी जेठ २९ गते भब्य रुपमा सम्पन्न हुने भएको छ ।

बिगतको बर्षहरुमा झै यस बर्ष पनी अवार्ड कार्यक्रमलाई निरन्तरता दिन लागेको र कोभिड १९ को कारणले गर्दा ढिला भएको कुरा जानकारी गराउदै यस अवार्ड कार्यक्रमलाई सबैले आ-आफ्नो तर्फबाट सक्दो सहयोग गरिदिन आयोजक कमिटीका अध्यक्ष सुजन लम्सालले अनुरोध गरेका छन् ।

“सातौं राष्ट्रिय लोक दोहोरी अवार्ड – २०७७” को फारम २०७८ बैशाख २० सम्मका लागी खुल्ला गरिएको कुरा अध्यक्ष सुजन लम्सालले जानकारी गराएका छन् । सो अवार्डमा २०७६ र २०७७ साल भरीका गीतहरुमा अवार्डका लागी फारम भर्न पाईने कुरा आयोजक पक्षले बताएको छ । यस अवार्डमा बिभिन्न बिधामा गरी ३३ वटा बिधामा अवार्ड बितरण गर्न लागिएको छ ।

तपाईको प्रतिक्रिया