काठमाण्डौ चैत्र ०६ । मैलिक लोक तथा दोहोरी गीत संगीतका प्यासि मनहरुका लागि भाइरल गायिका मेनुका परियार र अशिम कुमार कटुवालको सुमधुर स्वरमा “लेकमा भेडि” बोलको गीत भर्खरै मात्र सार्बजनिक भएको छ । उक्त गीत स्थायि घर दोलखा भएर हाल काठमाण्डौमा रहँदै नेपालि लोक तथा दोहोरी गीत संगीतको क्षेत्र सम्वृद्धिका लागि जुटिरहेका अशिम कुमार कटुवालको प्रस्तुतिमा रहेको छ ।

उनले यस अगि पनि थुप्रै मौलिक गीतहरु आफ्ना श्रोता तथा दर्शकहरु माझ पस्कि सकेका छन् । कुनै पनि नेपालि लोक तथा दोहोरी गीतहरु सार्बजनिक गरिरहंदा मौलिकतालाई ख्याल गरिएन भने उस्को सांगितिक यात्रा गन्तब्य बिहिन हुने अशिमको धारणा रहेको छ ।

“लेकमा भेडि” बोल गीतलाई बिष्णु तामाङ्गले लय भएका हुन् भने शब्द गायक स्वयम अशिम कुमार कटुवालको रहेको छ । गितको म्युजिक भिडियोमा मनोज बुढाथोकि ‘मनु’ र आयुश्मा कार्किको अभिनय देख्न सकिन्छ । प्रस्तुत गीतको भिडियोलाई नारायण मगर, छायंकन सुमन तामांग र सम्पादन निर्देशन स्वयम नारायण मगरले गरेका छन् । गीतको अडियो तथा भिडियोलाई अशिम कुमार युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Leave a Reply

Your email address will not be published.