काठमाण्डौ चैत्र ०६ । पुर्बेली मायाले, बिन्दास जिउने हो, नाँच मारुनी लागाएतका धेरै गीतहरुबाट अशंख्य श्रोता तथा दर्शकहरुको मन जित्न सफल गङ्गा प्रसाद घिमिरेको पछिल्लो प्रस्तुतिमा “दुई चुल्ठी बाटेर” सार्बजनिक भएको छ । उनले यस अघिका विभिन्न गीतहरु बाट एपिक नेपाल म्युजिक अवार्ड, नाट्यस्वरि म्युजिक अवार्ड, नेसनल इन्टरटेन्टमेन्ट अवार्ड लागाएत थुप्रै सम्मान प्राप्त गरिसकेका छन् । बिशेष गरेर मौलिक पनमा रमाउन चाहने गङ्गाले अन्य थुप्रै गीतहरु बजारमा ल्याउन तयार गरिसकेका छन् ।

प्रस्तुत गीतमा गङ्गा प्रसाद घिमिरे र अन्जु गौतमको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय तथा शब्द सृजना नन्दु राईले भरेका छन् । “दुई चुल्ठी बाटेर” बोलको गीतको म्युजिक भिडियोलाई गायक स्वयम् गङ्गाको स्थायी घर मोरंगको पथरी आसपासका विभिन्न रमणीय स्थलमा छायांकन गरिएको छ । भिडियोमा जेनिश तिमल्सिना र सलिना पोख्रेलको आकर्षक अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन रोहित लम्गादेले गरेका हुन् भने छायांकन तथा सम्पादन सुबाश लिम्बु म्यान्ग्बोले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Leave a Reply

Your email address will not be published.