काठमाण्डौ चैत्र ०२ । नेपालि लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा पछिल्लो समय रोमान्चक सैलिका गीतहरुको बजार बढेता पनि मन्द बिटका गीतहरुमा पाइने सामाजिक यथार्थता अन्य गीतहरुमा थोरै मात्र पाइने गरिन्छ । यसैलाई ध्यानमा राखेर प्रदिप अधिकारी युट्युब च्यानल मार्फत “कविता गुरुङ्गको प्रस्तुतिमा “कर्मै खोटो” बोलको गीत सार्बजनिक भएको छ । गीतमा शान्ति श्री परियारको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय तथा शब्द सिर्जना कमल घिमिरेले तयार परेका हुन् ।

निकै मर्मस्पर्सी गीत “कर्मै खोटो” बोलको म्युजिक भिडियो भिडियोमा शान्ति मगर, प्रितम मगर र अन्जली अधिकारीको घत लाग्दो अभिनय देख्न सकिन्छ । गीतको भाव अनुसार दिबंगत भएकी आफ्नी आमालाई संगीतकै माधुर्यता मार्फत स्मरण गरिएको छ । यस गीतको म्युजिक भिडियोलाई निर्देशन अर्जुन थापाले गरेका हुन् भने छायांकन सन्दिप डाँगी र सम्पादन शुसिल डाँगीले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला

Leave a Reply

Your email address will not be published.