काठमाण्डौ फाल्गुन २८ । काँठ क्षेत्रका लोकप्रिय गायक तथा सर्जक रामकुमार के.सी को भर्खरै मात्र “पिपल बोटैमा” बोलको गीत सार्बजनिक भएको छ । उनले केहि समय अगाडी मात्र चारतिर चार नारायण बोलको गीत बजारमा ल्याएका थिए । त्यसो त रामकुमारले यी गीतहरु मात्र होइन, बिभिन्न मौलिक सिर्जना आफ्ना अशंख्य श्रोता तथा दर्शकहरु यस अघि पनि पस्किसकेका छन् ।

उनको घर हाम्रो रामेछाप, असन इन्द्रचोक, धादिंग मलेखु, लगाएतका गीत आज पनि उत्तिकै चर्चामा रहेका छन् । केहि समय अगाडी बजारमा आएको दशैं मान्न पाउँदिन, पहिलो भेट मै, चार तिर चार नारायण बोलको गीतको चर्चा सेलाउन नपाउंदै उनको “पिपल बोटैमा” बोलको गीत पछिल्लो प्रस्तुति हो ।

प्रस्तुत गीतमा रामकुमार के.सी र कल्पना दाहालको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय गायक स्वयम् रामकुमार के.सी ले तयार पारेका हुन् भने शब्द अन्जु भण्डारी के.सी को रहेको छ । निकै रोमान्चक सैलिमा तयार भएको यस गीतको म्युजिक भिडियोमा टिकटक भाइरल प्रकाश चन्द, सुदन धिताल, मोहन घिमिरे, सुप खनाल, मौसमी ओली, र सृजनाको आकर्षक अभिनय रहेको छ ।

गीतको म्युजिक भिडियोलाई निर्देशन रामकुमार केसी स्वयम् ले गरेका हुन् भने छायांकन रामकृष्ण चौलागाईं र सम्पादन ललित सिंह साउदले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।  

तपाईको प्रतिक्रिया