काठमान्डौ फाल्गुन २८ – बिशेष गरेर संगीत ब्यवसाही रुपमा परिचित नाम हो सुबाश रेग्मी, जस्ले धेरै कलाकारहरुका सिर्जना तथा स्वरलाई बिन्ध्यबासिनी म्युजिक प्रालिको तर्फबाट बिक्ने बनाएका छन् । सुबाश ब्यवसाहि मात्र नभएर गायक तथा गीतकार हुन् भन्ने कुरा धेरैलाई थाहा नहुन सक्दछ, किन कि उनले यस अगी आफु द्वारा रचित गीतहरुमा $ रेग्मी लेख्ने गर्दथे । उनै $ रेग्मी द्वारा रचना बद्ध गीतहरु अहिले पनि धेरै चर्चामा रहेका छन् ।
$ रेग्मीको रचनामा रहेको गीत मलाई तिम्रो सम्झनाले, टिके, घाम र जुन झैं, मैले तिमीलाई चाहेर नै, खोला झैं बग्दछ जिन्दगि लगाएतका रहेका छन् । उनि अहिले $ रेग्मीबाट सुबाश रेग्मी नै भएका छन् । सबैलाई यस अगिका सिर्जनाहरुमा सुबाशले किन $ रेग्मीले लेख्थे भन्ने कुरा अहिले सम्म पनि कौतुहलताको बिषय बनेको छ ।
उनै सुबाशको रचनामा अहिले “चुर्लुम्मै डुबें” बोलको गीत पनि सार्बजनिक भएको छ । बिन्ध्यबासिनी म्युजिक प्रालिको युट्युब च्यानल मार्फत सार्बजनिक भएको गीतमा चर्चित गायक रामचन्द्र काफ्ले र समिक्ष्या अधिकारिको यूगल स्वर सुन्न सकिन्छ । “चुर्लुम्मै डुबें” बोलको गीतलाई संगीतकार बि बि अनुरागिले संगीत भरेका छन् ।
प्रस्तुत गीतको म्युजिक भिडियोमा दुर्गेश थापा, सामरिका ढकाल र स्मारिका ढकालको अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन काजिस श्रेष्ठले गरेका हुन् भने छायांकन राजेश घिमिरे र सम्पादन बिनोद बमले गरेका छन् । गीतकार सुमाश समसामयिक र यथार्थपरक गीत लेख्न बढी मन पराउँछन् । चाँडै अन्य गीतका पनि भिडियो आउने तयारी भईरहेको कुरा उनले बताएका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।