काठमाण्डौ फाल्गुन २८ । हाल प्रबाशमा रहेका सर्जक कृष्ण राई बिन्दासले पुनः अर्को गीत लिएर बजारमा आएका छन् । उनले यस अगी पनि थुप्रै गीतहरु बजारमा ल्याएर सामाजिक चर्चा प्राप्त गरिसकेका छन् । यस पटक भने कृष्णको सृजनामा बजारमा आएको “मकै पिस्ने घट्ट” बोलको रहेको छ । यस गीतमा मान सिंह खड्का र सुमन थापा मगरको सुमधुर स्वर सुन सकिन्छ । ब्यवसाहिकता भन्दा पनि आफ्नो अस्तित्वका निमित्त बेला बखत विभिन्न गीतहरु बजारमा ल्याईरहने कृष्णले पहिलेका गीतहरुलाई झैं यस गीतलाई पनि अशंख्य श्रोता तथा दर्शकले माया गरिदिनु हुनेछ भन्ने कुरामा ढुक्क रहेका छन् ।

प्रस्तुत गीतलाई लय गायक स्वयम् मन सिंह खड्का ले भरेका छन्  । “मकै पिस्ने घट्ट” बोलको गीतको म्युजिक भिडियोमा अर्जुन खड्का, मान सिंह खड्का, सुनिता बुढा र अमृता लामिछानेको आकर्षक अभिनय सहितको नृत्य देख्न सकिन्छ । भिडियोलाई निर्देशन मौसम हिमालीले गरेका हुन् भने छायांकन प्रकाश खड्का र सम्पादन राजकुमार मगरले गरेका छन् । कृष्ण राई बिन्दास र मान सिंह खड्काको संयुक्त प्रस्तुतिको रुपमा बजारमा आएको यस गीत संग सम्बन्धित सम्पूर्ण कलाकार ज्यु हरुमा हामी सफलताको शुभकामना ब्यक्त गर्दछौं ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया