काठमाण्डौ चैत्र ११ । नेपालि लोक दोहोरी गीत संगीतको क्षेत्रमा फरक र उत्कृष्ट गितहरु क्रमस बजारमा आइरहेका छन् । सोहि क्रममा नेपाली चलचित्र जगतका महानायक राजेश हमाल द्वारा अभिनित गीत “औंठी सुनैको” बोलको गीत भर्खरै बजारमा आएको छ। उक्त गीतलाई तुलाषा तामाङ्गको प्रस्तुतिमा राजधानी फिल्म्स प्रालिले बजारमा पठाएको हो । गीतमा निकेश तामाङ्ग र तुलाषा तामाङ्गको सुमधुर स्वर सुन्न सकिन्छ ।

अहिलेको बजार र श्रोता दर्शकहरुको चाहना अनुसारका गीतहरुको भिडमा यस गीतले पनि अशंख्य श्रोता तथा दर्शकहरुको मन मष्तिस्कमा राम्रै राज गर्ने बिश्वास गर्न सकिन्छ । किन कि शब्द, संगीत, स्वर लगाएत यस गीतको भिडियो पक्षलाई पनि निकै मेहनतका साथमा तयार पारिएको छ । रमन पहाडीको लय र अन्जु राईको शब्द द्वारा सजिएको “औंठी सुनैको” बोलको गीतको म्युजिक भिडियोमा राजेश हमाल संगै सारिका के सि को आकर्षक अभिनय देख्न सकिन्छ । देबेन्द्र कुँवर द्वारा निर्देशित भिडियोलाई छायांकन प्रकाश खड्काले गरेका हुन् भने सम्पादन मिलन बि क ले गरेका हुन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

राजधानी फिल्म्स प्रालिले ल्यायो तुलाषाको औंठी

Leave a Reply

Your email address will not be published.