काठमाण्डौ फाल्गुन ०४ । नेपालि गीत संगीतको क्षेत्र सम्वृद्धिका लागि बिगत निकै लामो समय देखि समर्पित एक नाम बबिता श्रेष्ठ हो उनि पछिल्लो समयमा विभिन्न गीत संगीतको म्युजिक भिडियो निर्देशनमा आफ्नो उच्च पहिचान बनाउंदै अगाडी बढीरहेकी छिन् ।

त्यसो त बबिता म्युजिक भिडियोमा निर्देशन गर्नु पूर्व राम्रो गीतकार समेत हुन् । उनि द्वारा रचित गीत अहिले पनि लोकप्रिय रहेका छन् । उनै प्रतिभावान कलाकार बबिता द्वारा निर्देशित एक गीतको म्युजिक भिडियो हालै सार्बजनिक भएको छ ।

उक्त गीत स्माइल धितालको नाममा “माया चोखो छ” प्रस्तुत गीतमा पुष्कल शर्मा र बिष्णु माया पौडेलको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय सर्वप्रिय गायक तथा सर्जक बिमल डाँगीले भरेका हुन् भने शब्द महेन्द्र बिस्वकर्माको रहेको छ ।

यस गीतको म्युजिक भिडियोमा स्माईल धिताल, बिष्णु मायाँ पौडेल, सरिता राजउपाध्यायको अभिनय देख्न सकिन्छ । प्रियसी म्युजिक प्रा.लि.को युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको भिडियोलाई छायांकन दिपक गिरीले गरेका हुन् भने सम्पादन मिन रावतले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया