काठमाण्डौ फाल्गुन ०१ । कलाकारिता क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गरेका राजन चौलागाईं खैराँते र टिका ढकालको संयुक्त प्रस्तुति “टुप्पी ठाडो” बोलको गीत सार्बजनिक भएको छ । उक्त गीतलाई हिजो पत्रकारहरुको बाक्लो भिड सहित काठमाण्डौमा अवस्थित रेडियो अडियोको सभाकक्षमा बरिष्ट हाँस्य कलाकार मदन कृष्ण श्रेष्ठको हातबाट बिमोचन सम्पन्न गरिएको हो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा आमन्त्रित मदन कृष्ण श्रेष्ठले चौलागाईं र ढकाललाई यस गीतको पूर्ण सफलताको शुभकामना समेत ब्यक्त गरेका छन् ।

प्रस्तुतकर्ता द्वय चौलागाईं र ढकालले विभन्न कारणबाट बेला बखत बिबादमा मुछिने कलाकार ज्योति मगर र प्रिती आलेलाई यस गीतको म्युजिक भिडियोमा मौलिक पोशाकमा उतारेका छन् । माधब थापाको लय तथा शब्द सिर्जनामा सजिएको उक्त “टुप्पी ठाडो” बोलको गीतमा राजन चौलागाईं खैराँते र प्रिती आलेको स्वर सुन्न सकिन्छ ।

सुनाखरी मल्टीमिडिया मार्फत सार्बजनिक भएको यस गीतको म्युजिक भिडियोमा किरण के.सी रातामकै, बिष्णु सापकोटा हर्के हल्दार, ज्योति मगर, प्रिती आले, श्याममाया तामाङ्ग लगाएत कलाकारहरुको अभिनय देख्न सकिन्छ भने निर्देशन सुदन के.सी, छायांकन प्रवेश पोख्रेल र सम्पादन मित्रदेव गुरुङ्गले गरेका हुन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

One thought on “सुनाखरिले ल्यायो टुप्पी ठाडो (भिडियो सहित)”

Leave a Reply

Your email address will not be published.