काठमाण्डौ माघ २८ । नेपालि गीत संगीतको क्षेत्रमा फरक फरक स्वादका गीतहरु बजारमा आइरहेका छन् । सोहि क्रममा यतिबेला एक र्याप गीत पनि सार्बजनिक भएको छ । उक्त गीत नबु भाईको स्वर शब्द र संगीतमा “आमा पश्चाताप” बोलको रहेको छ ।

निकै ठुलो सपना बुनेर आफ्नो आमा बुबाको सहमति बिनानै एक परिवारको छोरा शहर छिर्छ, तर त्यो उसले देखेका सपना सबै अपुरो भएपछी पश्चाताप महसुस भएको भावलाई र्याप संगीतको स्वादमा तयार पारिएको छ । समग्रमा यस गीतलाई सामाजिक यथार्थपरक भन्दा पनि फरक नपर्ने किसिमको रहेको छ ।

गीतको म्युजिक भिडियोमा नबु भाई, वर्षा सिलवाल, लक्ष्मण चौलागाईं, र अमन खड्काको अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन खामेश श्रेष्ठले गरेका हुन् भने छायांकन प्रवेश पोख्रेल र सम्पादन रोशन धितालले गरेका छन् । “आमा पश्चाताप” बोलको गीतलाई संगीत संयोजन रामकृष्ण थापाले गरेका हुन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया