काठमाण्डौ माघ २८ । लोक दोहोरी गीत घैया मकै अहिले पनि टिकटकमा निकै चर्चामा रहेको छ, यो मात्र नभएर युट्युबमा पनि उकालो लाग्ने क्रममा रहेको छ । यसै गीतको अपार सफलतापछि गायक रामशरण आले मगरको स्वरमा अर्को गीत बजारमा आएको छ । उक्त गीत मोहन खड्का र अमृता बन्जाराको संयुक्त प्रस्तुतिको रुपमा “पिपल छायाँले” नाममा बजारमा आएको हो ।

गीतलाई लय मोहन खड्काले तयार परेका हुन् भने शब्द बिमला भुजेलको रहेको छ । “पिपल छायाँले” बोलको गीतमा गायक रामशरण संगै अहिलेकी लोकप्रिय गायिका मेनुका परियारको पनि सुमधुर स्वर सुन्न सकिन्छ ।

गीतको मेलोडी रोमान्चक तर मर्मस्पर्सी भावमा सजिएको यस गितको म्युजिक भिडियोमा बिमल अधिकारी र आयुस्मा कार्कीको आकर्षक अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन प्रविन थापाले गरेका छन् भने छायांकन बिरेन्द्र भट्ट र सम्पादन शक्ति प्रज्वल घिमिरेले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Leave a Reply

Your email address will not be published.