काठमाण्डौ माघ २१ । स्थायी घर सिन्धुली भएका गायक बाबुराम भट्टराई र गायिका चम्पा खुलाल मगरको स्वर रहेको ‘बतासै सरर’ बोलको गीत भर्खरै सार्बजनिक भएको छ  । बाबुरामले यस अगी पनि थुप्रै गीतहरु बजारमा ल्याएर शंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् उनिपहिलेका गीतलाई जसरी आफ्ना श्रोता तथा दर्शकहरुले मन परईदिनु भयो उसै गरेर यस प्रस्तुतिलाई मन पराईदिनु हुनेछ भन्ने कुरामा ढुक्क रहेका छन् ।

सुनाखरी मल्टि मिडिया प्रालिको युट्युब मार्फत सार्बजनिक भएको गीत ‘बतासै सरर’ लाई शब्द र संगीत माधव थापाले दिएका छन् । एरेन्ज हेमन्त शिशिरले गरेका छन् । म्युजिक भिडियोको निर्देशन रितबहादुर दर्लामीले गरेका छन् । अजित रायमाझी, आयुष्मा कार्की, रितबाहदुर दर्लामी र अनु पराजुलीको द्वारा अभिनित भिडियोलाई छायांकन मुकेश हुमागाईं र सम्पादन राजेश कुमार गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Leave a Reply

Your email address will not be published.