काठमाण्डौ माघ २१ । गायक कृष्ण थापाको स्वरमा रहेको “पानि पर्दा छाता ओडदा” बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा बिरेन्द्र कार्कीको शब्द तथा लय रहेको छ । गीतमा कर्साङ्ग लामाको एरेन्जर र भोला पौडेलको रेकर्डिङ तथा मिक्सिङ रहेको रहेको छ । गोविन्द लामा, वीरमान लामा र निलिमा भट्ट अभिनित यस म्युजिक भिडियोमा लक्ष्मी राईको निर्देशन रहेको छ ।

चन्द्रबहादुर पाँडेले म्युजिकको छायांकन गरेका हुन । बादल राईको सम्पादकमा निर्मित उक्त म्युजिक भिडियो ग्लोबल निउज लाइभ युट्युबबाट सार्वजनिक भएको हो । गीतमा पवित्रा भट्ट , इशान परिवारले पनि सहयोगी भुमिका निभाएका छ्न ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Leave a Reply

Your email address will not be published.