काठमाडौँ , माघ १७ । नेपाली गीत संगीतको क्षेत्रका लागि स्थापित नाम जे.बि ओली, जो अहिले प्रबासमा रहेर अनि विभिन्न गीत संगीतहरु नेपाली गीत संगीतका अनुरागीहरु माझ ल्याइरहेका छन् । उनले केहि समय अगाडी मात्रै ठमेल बजारमा, काली आइ लभ यु लगाएत त्यस भन्दा पहिले पनि थुप्रै गीतहरु बजारमा ल्याएर आफ्नो सांगीतिक उचाईलाई थप उच्च बनाईछन् । आफु बिस्वको जुनसुकै कुना-कन्दरामा रहेता पनि आफ्नो माटो र रितिरिवाज भुल्न हुन्न भन्ने मान्नेता राख्ने जे.बि को पछिल्लो प्रस्तुति “जति जल्छ दुनिया जल्न देउ” बोलको रहेको छ ।

प्रस्तुत गीत केहि वर्ष अगाडी नै बजारमा आएता पनि अहिले नयाँ स्वरुपमा बजारमा पठाईएको हो । गीतमा जे.बि ओली र दिला बि.क को सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय तथा शब्द सिर्जना पनि गायक स्वयम् को रहेको छ । “जति जल्छ दुनिया जल्न देउ” बोलको गीतको म्युजिक भिडियोमा शंकर बि.सी, ऋतु तामाङ्ग, रबिना भण्डारी, अश्मिता राना र सबिता चाम्लिङ्गको आकर्षक अभिनय देख्न सकिन्छ ।

सुरुका दिनहरुमा आफ्ना बिभिन्न प्रस्तुति अन्य म्युजिक कम्पनिहरुलाई जिम्मा दिँदा उक्त प्रस्तुतिको केहि लेखाजोखा नभएपछी अहिले जे.बि ले आफ्नै नामको युट्युब च्यानल पनि संचालन गरिरहेका छन् । उनले यस गीतको भिडियोलाई पनि सोहि च्यानल मार्फत सार्बजनिक गरेका हुन् । भिडियोलाई निर्देशन शंकर बि.सी ले गरेका हुन् भने छायांकन दुर्गा पौडेल र सम्पादन नबिन घर्ति मगरले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया