काठमाण्डौ माघ १६ – नेपालि आधुनिक क्षेत्रमा मन्जना श्रेष्ठ आएकी छिन् । उनि आफ्नो आधुनिक गीत “तिम्रो माया” को साथमा आएकी हुन् । कसैलाई मन देखि माया गरिन्छ भने प्रेमी अथवा प्रेमिका उ प्रति समर्पित नै हुने गर्दछ । यस्तै समर्पण भावमा तयार भएको यस गीतलाई सर्वप्रिय गायक प्रमोद खरेलले स्वर भरेका छन् । गीतलाई शब्द संगीत भुवन श्रेष्ठ मुस्कानले भरेका हुन् । सिन्धुपाल्चोक जिल्लामा जन्मिएर नेपाली कला क्षेत्रमा समर्पित रहन हाल काठमाण्डौमा रहेका भुवन अहिले सम्म अशंख्य गीतहरुमा अभिनय तथा निर्देशन गरिसकेका छन् ।उनले अभिनय र निर्देशन मात्र होइन, पछिल्लो समय बिभिन्न गीतहरुमा शब्द संगीत पनि भर्न थालिसकेका छन् ।

गीतमा आफुले माया गरेको मान्छे अर्कै भएको र आफ्नो घर परिवारले दोश्रो व्यक्ति संग बिबाहको निर्णय गरिसकेपछि वियोग संगै स्वयम् प्रेमिकाको प्रेमी तर्फबाट मन पगाल्ने किसिमको भाव समाबेश गरिएको छ । यसै भाव अनुसार म्युजिक भिडियो पनि तयार भएको छ ।भिडियोमा भुवन श्रेष्ठ मुस्कान, शिल्पा पोख्रेल जिनेश प्रधान, मन्जना श्रेष्ठ र राज श्रेष्ठको अभिनय देख्न सकिन्छ । “तिम्रो माया” बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन गीतकार तथा संगीतकार भुवन श्रेष्ठ मुस्कानले नै गरेका छन् । जनकराज अधिकारी द्वारा छायांकन भएको भिडियोलाई सम्पादन मनिष कार्कीले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Leave a Reply

Your email address will not be published.