काठमाडौं माघ १४ : गलबन्दी र पछ्यौरीले दिएको चौतर्फी सफलताले काँठ क्षेत्रका लोकप्रिय गायक तथा सर्जक उद्धब घिमिरेले पुनः अर्को गीत ल्याउन सफल भएका छन् । उक्त गीत उद्धब घिमिरे र पवित्रा खड्काको संयुक्त प्रस्तुतिको रुपमा “आहा माया” बोलको रहेको छ । उसो त यस अगी गलबन्दी र पछ्यौरी मात्र होइन गायक तथा सर्जक उद्धबले थुप्रै गीतहरु आफ्ना श्रोता तथा दर्शकहरु माझ पस्किएर आफ्नो छुट्टै पहिचान स्थापित गरिसकेका छन् ।

यस पटक बजारमा आएको माथि उल्लेखित गीतमा उद्धब घिमिरे र पवित्रा खड्काको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय पनि गायक स्वयम् ले तयार पारेका हुन् भने शब्द लोक दोहोरी गीत “घैया मकै” लगाएतका गीतहरुबाट अशंख्य श्रोता तथा दर्शकहरुको उच्च रोजाई बन्न सफल लोकप्रिय सर्जक शम्भु नेपालको रहेको छ । गीतमा कोरस स्वर रामकृष्ण थापा, कुमार सानु पुन, सपना आचार्य फुंयाल, र संगीता भुजेलको सुन्न सकिन्छ ।

गीत निकै उत्कृष्ट बनेको छ र गीतको मिठास्ता जस्तै म्युजिक भिडियोलाई पनि आकर्षक बनाउने प्रयास गरिएको छ । भिडियोमा अनु पराजुली र शम्सेर झारी मगरको अभिनय देख्न सकिन्छ “आहा माया” बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन खमेश श्रेष्ठले गरेका हुन् भने छायांकन प्रवेश पोख्रेल र सम्पादन रोशन धितालले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया