काठमाण्डौ माघ १२ – स्थायी घर सिन्धुपाल्चोक भएर काँठ क्षेत्रका गीत संगीतामा आफ्नो उच्च पहिचान स्थापित गर्न सफल बरिष्ट तथा सर्वप्रिय गायक तथा सर्जक रेशम थापाको स्वरमा फेरी अर्को निकै लोभ लाग्दो गीत बजारमा आएको छ । उनले यस अगी पनि हजारौं गीतहरु बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् । थापाको रुमालै छ चिनो, पराईघर, खानि खोला लगाएतका गीतहरु आज पनि उत्तिकै कर्णप्रिय लाग्छन् ।

पछिल्लो समय रेशम थापा द्वारा स्वर बद्ध गीत “डालीको फुल” बोलको रहेको छ । उक्त गीत शान्ति राईको प्रस्तुतिमा सार्बजनिक भएको हो । यस गीतमा थापा संगै शान्ति राई र प्रमिला राईको पनि सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय तथा शब्द सिर्जना पनि रेशम थापाले नै तयार पारेका हुन् भने संगीत सम्योजन माधब भण्डारीले गरेका छन् ।

प्रस्तुत गीतको म्युजिक भिडियोमा निरेन श्रेष्ठ, आयुष्मा कार्की र बालकृष्ण ढकालको आकर्षक अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन अमोन रानाले गरेका हुन् भने छायांकन प्रकाश खड्का र सम्पादन प्रमोद श्रेष्ठले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Leave a Reply

Your email address will not be published.