काठमाण्डौ माघ १२ – राष्ट्रिय संगितकर्मी संघ, बागमती प्रदेशको दोस्रो साधारण सभा हिजो सनिबार काठमाण्डौको सुकेधारा स्थित युनिभर्सल क्याफेमा सम्पन्न भएको छ ।
केन्द्रीय अध्यक्ष राजेन्द्र कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त सभाबाट अध्यक्ष बुद्धि बहादुर भण्डारी (रामहरी) वरिष्ठ उपाध्यक्ष स्मृति गौतम, प्रथम उपाध्यक्ष दिनेश भण्डारी, उपाध्यक्ष बिक्रम ढुंगाना, मुकुन्द सिम्खडा, सावित्री मगर, महिला उपाध्यक्ष मिश्रा काफ्ले, महासचिब मान बहादुर तामाङ्ग, सचिब प्रतिमा अर्याल, कमल दाहाल, रबिन्द्र रिमाल, गोमा कोइराला, सह-सचिब रुपेश पुडासैनी, प्रबक्ता बिष्णु तामाङ्ग, कोषाध्यक्ष गोबिन्द गौतम, सह-कोषाध्यक्ष सुसिला दुलाल, सदस्यहरु सावित्री श्रेष्ठ, दिनेश लामा, अशोक कुमार सापकोटा, केशब श्रेष्ठ, नवराज भट्टराई, महेश्वर बोहरा, सुनिता सुरेल, अप्सरा थापा, सन्ध्या सानु र बलराम श्रेष्ठ निर्बाचित भएका छन् ।
कार्यक्रममा अतिथि रेशम थापा, नवराज घोरासैनी, नमराज ढुंगाना, अमृत खाती, बिक्रम जंग शाह, उमा श्रेष्ठ, रामकुमार कार्की, आशा लामा, बिनोद ढकाल, जिबन परियार, श्याम धिताल, श्रवन कुमार मिश्र लगाएत कलाकारहरुले पुरानो कार्य समितिको कामलाई प्रसंसा ब्यक्त गर्दै नयाँ कार्यसमितिलाई शुभकामना ब्यक्त गरेका थिए । साधारण सभाबाट रामहरी भण्डारीको अध्यक्षतामा ३१ जनाको कार्यसमिति गठन भएको हो । अहिले उक्त कार्यसमितिलाई देश तथा विदेशबाट शुभकामना एवं बधाईको ओहिरो आइरहेको छ ।
राष्ट्रिय संगितकर्मी संघ, बागमती प्रदेशको दोस्रो साधारण सभालाई रामकुमार पौडेलले संचालन गरेका थिए । यसरी देशब्यापी रुपमा आफ्नो सदस्य विस्तार गर्दै गएको राष्ट्रिय संगितकर्मी संघले आगामी दिनमा नेपाली गीत संगीतको क्षेत्रमा क्रियासिल सम्पूर्ण कलाकारहरुको हकअधिकारका निमित्त मिहो बनेर उभिने छ भन्ने कुरा सबैले बिश्वास गरेका छन् । अहिले सम्म राष्ट्रिय संगितकर्मी संघले देशका अधिकांस जिल्लाहरुमा आफ्नो समिति विस्तार गरिसकेको छ ।