काठमाण्डौ पौष २९ । प्रत्यक्ष दोहोरी बाट ख्याती कमाएका र हाल अमेरिकामा रहेर नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्र सम्वृद्धिका निमित्त समर्पित नाम हो मिन के.सी । बिशेष गरेर नेपाली भजनहरुमा आफ्नो धेरै स्वर भरेका उनले लोक तथा दोहोरीबाट आदान प्रदान हुने प्रहार खुबै मन पराउँछन् । उनै गायक मिन.के.सी ले पछिल्लो प्रस्तुति “किन होला खोइ” बोलको गीत पनि भर्खरै बजारमा आएका छन् ।गायक मिनले यस अगिका प्रस्तुतिलाई सम्पूर्ण श्रोता तथा दर्शकहरुले जे जसरी मन परईदिनु भयो उसै गरेर यस प्रस्तुतिलाई पनि पूर्णरुपमा मन परईदिनु हुने छ भन्ने कुरामा ढुक्क रहेका छन् ।

मिन के.सी र देबी घर्ति द्वारा स्वर बद्ध, मिनको पछिल्लो समय बजारमा आएको गीत “किन होला खोइ” लाई सर्वप्रिय गायक तथा सर्जक बिमल डाँगीले लय शब्द तयार परेका हुन् । ब्यवासाहिकताको नाममा आफ्नै कला संस्कृति र मौलिकताको घेराबाट बाहिर निस्किन नचाहने विमलले पनि क्रमश आफ्नो सिर्जना तथा स्वरमा बिभिन्न गीतहरु बजारमा ल्याईरहेका छन् । भरखरै बजारमा आएको धर्ति आकाश, मेरो हजुर लगत्तै अर्को सिर्जना पनि बजारमा आउने तयारी रहेको जानकारी प्राप्त भएको छ ।

“किन होला खोइ”  बोलको गीतको म्युजिक भिडियोमा अमेरिकाको नै केहि रमणीय स्थल देखाइएको छ । भिडियोमा जिबन केसी सुमिना निरौला , संगीत रोकाया, जय बहादुर खत्री, जुद्ध बहादुर बस्नेत र लिला माया बस्नेतको अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन तथा छायांकन बिरेन्द्र भाट बिपिन ले गरेका हुन् भने सम्पादन लोकेश भाटले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Leave a Reply

Your email address will not be published.