काठमाण्डौ पौष २४ । रोमान्चक गीत संगीतले बजार तताईरहँदा गोर्खाली युवा सर्जक ओम छिनालको लय शब्दमा “दुई मुटुको नाता” बोलको गीत भर्खरै बजारमा आएको छ । उक्त गीत निशा देवानको प्रस्तुतिमा रहेको छ । गीतमा कालिका रोका र बिष्णु श्रेष्ठको सुमधुर स्वर सुन्न सकिन्छ । गीतमा मैले संसार ठानेको मान्छेले धोका दिएमा मरेतुल्य हुनेछु भन्ने किसिमको भाव समाबेस गरिएको छ ।

सर्जक ओम छिनालले यस अगी पनि यस्तै बिभिन्न कर्णप्रिय गीतहरु बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् ।माथि उल्लेखित निकै मर्मस्पर्सी गीतको म्युजिक भिडियोमा सबैको प्रिय पात्र एम.बि गुरुङ्ग र मन्जु सुनारको मन लोभ्याउने अभिनय देख्न सकिन्छ ।

भिडियोलाई निर्देशन बबिता श्रेष्ठले गरेकी हुन् भने छायांकन दिपक गिरी र सम्पादन राजेश कुमारले गरेका छन् । गीतको अडियो तथा भिडियोलाई शितल शिजन डिजिटल म्युजिक प्रालिले मौसम गुरुङ्ग नामको युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Leave a Reply

Your email address will not be published.