काठमाण्डौ पौष २४ । नेपालि कलाकारिता क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल गायिका हुन् ज्योति मगर, उनलाई गीत संगीतको माध्यमबाट बिकृति फैलायो भन्ने किसिमको आरोप पनि आउने गरेको छ । यसरी ज्योतिले आरोप खेपिरहंदा उनको राम्रो पक्षलाई पनि श्रोता दर्शकहरुले केलाउनु पर्दछ । गायिका तथा नृत्यङ्गना ज्योतिले मौलिकताको पेरिफेरीमा रुमलिएर स्वर बद्ध गरेको गीत पनि बजारमा आएको छ । सोहि क्रममा यतिबेला “मगर्नी मोरी” बोलको गीत पनि बजारमा आएको छ ।

धुन नेपालले बजारमा ल्याएको माथि उल्लेखित गीतमा ज्योति मगर र आर.सी बिस्वकर्माको स्वर सुन्न सकिन्छ । गीतलाई लय आर.सी बिस्वकर्माले तयार पारेका हुन् भने शब्द डी.आर सुजनले लेखेका हुन् । गीतको मिठासता जस्तै यस गीतको म्युजिक भिडियोलाई निकै आकर्षक ढंगले तयार पारिएको छ ।

भिडियोमा डी.आर सुजन, जी.बि चिरन, निशा बिस्वकर्मा र चक्र साउद आर.सी को अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन देवेन्द्र कुँवरले गरेका हुन् भने छायाँकन प्रकाश खड्का र सम्पादन मनोज कार्कीले गरेका छन् । गीतको अडियो तथा भिडियोलाई डी.आर सुजन युट्युब च्यानल मार्फत सार्वजिनक गरिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Leave a Reply

Your email address will not be published.