काठमाण्डौ पौष २४ । बाध्यता र बिवस्ताको कारण अहिले कयौं नेपालीहरु परदेशिएका छन् । यहि बाध्यता भित्रका कथामा धेरै गीत संगीत पनि बजारमा आउने गरेका छन् । सोहि क्रममा पछिल्लो समय बिशु तामाङ्गको प्रस्तुति आधुनिक गीत “परदेशी” पनि बजारमा आएको छ ।प्रस्तुत गीतमा धन कमाउने आशमा आफना सम्पूर्ण चाहना मारेर परदेशमा नै जिबन बितेको कथा समाबेस गरिको छ ।

“परदेशी” बोलको गीतलाई लोकप्रिय गायक, गीतकार तथा संगीतकार मङ्गल बि.क ले संगीत भरेका हुन् भने शब्द मंगल बि.क र बिशु तामाङ्गको रहेको छ । बिशु तामाङ्ग द्वारा स्वर बद्ध भएको गीतको म्युजिक भिडियोमा शिवन पोख्रेल र रबिना भण्डारीको मनछुने अभिनय देख्न सकिन्छ ।

भिडियोलाई निर्देशन मदन खड्काले गरेका हुन् भने छायांकन दिपक गिरी र सम्पादन अभिनाश डी.सी ले गरेका छन् । गीतको अडियो तथा भिडियोलाई मङ्गल बि.क युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Leave a Reply

Your email address will not be published.