काठमाण्डौ पौष १३ – धेरै युट्युब लक्षित गीतहरु बजारमा आइरहंदा आफ्नै कला संस्कृति र मौलिकताको जगेनार्थ जुर्मुराउने कालाकार पनि घटेका छैनन् भन्ने उदाहरण सहित लोक दोहोरी गायक तथा सर्जक केदार न्यौपानेले पछिल्लो समय आफ्नै प्रस्तुतिमा लोक दोहोरी गीत “गुम्बेसिकी माई” बोलको गीत लिएर आएका छन् । उनले यस अगी पनि अब बिहे गर, ३३ किलो सुन, मायाको तड़प, लगाएतका धेरै गीतहरु बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् ।

केदारको पछिल्लो समय बजारमा आएको गीत “गुम्बेसिकी माई” बोलको गीतमा केदार न्यौपाने र रिता बराल पौडेलको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय तथा शब्द सिर्जना पनि गायक स्वयम् ले गरेका छन् । गीतमा संगीत संयोजन रामकृष्ण थापाको रहेको छ । निकै जोसिलो र मौलिक स्वादमा तयार भएको यस गीतको म्युजिक भिडियोमा प्रदिप रोका, आयुष्मा कार्की, दुर्गा के.सी र समिर बरालको मन लोभ्याउने अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन खामेश श्रेष्ठले गरेका हुन् भने छायांकन रामकृष्ण कंडेल र सम्पादन मनोज कार्कीले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Leave a Reply

Your email address will not be published.