काठमाण्डौ पौष ११ – रोमान्चक सैलिका गीतहरुले बजार तातिरहेको अहिलेको अवस्थामा मनछुने गीतहरु पनि बजारमा आइरहेका छन् ।सोहि क्रममा कुमारी बुढा मगरको अत्यन्त मनछुने गीत “धर्ति आकाश” बोलको गीत गीत पनि भर्खरै बजारमा आएको छ । गीतमा हरेक सांगीतिक मनहरुको ढुकढुकी बन्न सफल लोकप्रिय गायक तथा सर्जक बिमल डाँगी र कुमारी बुढा मगरको सुमधुर स्वर सुन्न सकिन्छ ।

गीतमा बाध्यता र बिवस्ताको कारण एक अर्का बीच छुटिएर रहनु परेको वियोगान्त प्रेम कथा समाबेस गरिएको छ । यसरी बाध्यता र बिवस्ताको बीच आफुहरु रहनु परेता पनि धर्ति आकाश झैं भएका छैनौ, हाम्रो माया अजर अमर रहनेछ भन्ने किसिमको भाव पनि यस गीतमा सुन्न सकिन्छ । गीतलाई लय बिमल डाँगीले तयार परेका हुन् भने शब्द भगवान भण्डारीको रहेको छ ।

प्रस्तुत गीतको म्युजिक भिडियोमा जय देबकोटा र कुमारी बुढा मगरको रहेको छ “धर्ति आकाश” बोलको गीतको म्युजिक भिडियो पनि निकै आकर्षक बनेको छ । भिडियोलाई निर्देशन मदन खड्काले गरेका हुन् भने छायांकन बिरेन्द्र भाट र सम्पादन अभिनास डी.सी ले गरेका छन् । गीतको भिडियोलाई बिमल डाँगी युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Leave a Reply

Your email address will not be published.