नेपाली सांगीतिक छेत्रमा निरन्तर लागिरहनु भएकी गायिका डा.रानी शाक्यको सुमधुर स्वर रहेको नयाँ गीत ‘चियाबारीमा’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । तिहारको शुभकामना सहित सार्वजनिक गीतमा विकाश चौधरीको संगीत र संजय हमालको एरेन्ज रहेको छ । इलामको रमाइलो चियाबारीमा छायांकन गरिएको भिडियोमा रविना प्रधान,सन्तु थापा मगर,भुपाल बुढाथोकी र बिक्रम धिमाल अभिनय रहेको छ ।
ज्ञानु राईको सिनेमाटोग्राफी , सुवाश लिम्बुको सम्पादन रहेको भिडियोलाई उषा मलाहा “सिम्रन”ले निर्देशन गरेकी हुन्।
गायिका शाक्यको आफनै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीतमा हरि उप्रेतीको शब्द रहेको छ । गायिका डा. शाक्यले यसअघिका गीतहरुलाई जस्तै माया गरिदिन सम्पूर्ण दर्शक, स्रोता र मिडिया हाउसलाई गायिका शाक्यले आग्रह गरेकी छिन ।
हाल अमेरिकाको मेरिल्याण्डमा रहेकी गायिका शाक्यको अहिले सम्म ४० वटा भन्दा बढी गीतहरु आइसकेका छन। आधुनिक , डान्सिङ गीत, लभ भर्सनका गीतहरुको साथै चलचित्रको पार्श्व गायनमा समेत आफुलाई अब्बल सावित बनाइसकेकी छिन ।

 

तपाईको प्रतिक्रिया