चर्चित भारतीय गायन रियालिटी शो ‘सारेगमप’का फस्ट रनरअप गायक प्रितम आचार्यको सुमधुर आवाजमा समाबेश गीत ‘म पागल सरी’को म्युजिक भिडियो सार्बजनिक भएको छ । शुक्रबार अमेरिकाको इन्टर नेसनल फ्रेन्ड्स बार रेस्टुरेन्ट, ओहिओमा एक कार्यक्रम बीच गीतको भिडियो सार्बजनिक गरिएको हो। प्रवासमा बसेर नेपाली गीत संगीतलाइ माया गर्नु हुने महानुभावहरु को कार्यक्रममा उपस्थिति रहेको थियो ।डिल्ली अधिकारीको प्रमुख आथित्य र एलडी बास्तोलाले सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो शशि विक्रम थापाको सुमधुर संगीत र एरेन्ज रहेको गीतमा प्रभाकर देव शर्माको शब्द रहेको छ।
योगेन थापाको छायांकन र सम्पादन रहेको गीतको भिडियोलाइ रुपेश उप्रेतीले निर्देशन गरेका हुन । मुकेश अधिकारी ,गोमा बास्कोटा ,निश्चल अधिकारी ,लिजा बास्तोला साथै नायक आयुष रिजालको अभिनय रहेको उक्त गीतको भिडियोलाई अमेरिकाको विभिन्न ठाउँ मा छायांकन गरिएको छ। एल डी बास्तोलाले लगानी गरेको उक्त गीत ”हाम्रो आफ्नै टि भी “ नामक युटुब च्यानल बाट सार्बजनिक गरिएको छ।

 

 

 

 

तपाईको प्रतिक्रिया