काठमाण्डौ कार्तिक २७ – बिकृति र विसंगतिलाई पखाल्दै नेपाली गीत संगीतको धारमा परिवर्तन खोज्ने गायक तथा सर्जक किरण बाबु पुनको अर्को नबिनतम सिर्जना भर्खरै बजारमा आएको छ । क्षितिज पारी उनको बस्तीमा, यो मार्मिक संदेश, समय, बाचा, आकर्षण, धर्म लगाएतका धेरै गीतहरुबाट अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका उनको पछिल्लो सिर्जना “यो कस्तो सपना” बोलको रहेको छ । गीतमा चर्चीत गायिका मेलीना राई र गायक तथा सर्जक किरण बाबु पुनको सुमधुर स्वर सुन्न सकिन्छ ।

आफूबाट छुटेर बाध्यताबस प्रबासमा रहेका एक श्रीमानको बिलौनामा तयार भएको गीतको म्युजिक भिडियोमा कुशुम गुरुङ र राजकुमार मगरको अभिनय देख्न सकिन्छ । सामाजिक यथार्थतालाई छर्लंग पार्न खोजिएको भिडियोलाई निर्देशन तथा सम्पादन राजकुमार मगरले नै गरेका हुन् भने छायांकन प्रकाश खड्काले गरेका छन् । गीत केशब वडुको संगीत संयोजन तयार भएर शंकरा रेकर्डिङ स्टुडियोमा रेर्कड गरिएको हो ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Leave a Reply

Your email address will not be published.