काठमाण्डौ कार्तिक १९ – विनय कार्कीको स्वरमा ‘मायालु’ बोलको गीत भर्खरै मात्र सार्वजनिक भएको छ । पप फ्लेबरको सेन्टिमेन्टल गीत “मायालु” युट्युब मार्फत् सार्वजनिक गरिएको हो । बुढासुब्बा डिजिटलको युट्युब च्यानल मार्फत सोमबार सार्वजनिक गरिएको गीतमा रोबिन खड्काको शब्द र संगीत छ । गीतको एरेन्ज रिशन मानन्धरले गरेका हुन् ।

यस्तै गीतको म्युजिक भिडियोमा रुप पोखरेल, आहना सिलवाल र मनता सुन्दास नेपालीको अभिनय रहेको छ भने अस्मित पोखरेलको परिकल्पना र निर्देशन छ । सन्तोष तिमल्सिनाको छायांकन रहेको भिडियोको सम्पादन विनोद बमले गरेका हुन् । पप फ्लेबरको सेन्टिमेन्टल मायालु गीत लाई बि बि सी फिल्मस् ले निर्माण गरेको हो ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया