धरानं । पुर्वेली गायिका राईद्धारा स्वरबद्ध ”मन पराउछु माया गर्छु” गीतको भिडियो आगमी शुक्रवार धरान स्थित सुनसरी पत्रकार महासंघमा सार्वजनिक हुने भएको छ ।

चोङहाङ राईको शब्द तथा कृष्ण कुमार राईको संगीत संयोजन गीतमा एरेन्ज कुन्दन राई रहेको छ । प्रेम र रोदनलाई गीतमा समेटिएको छ । आफुले मन पराएको मायालुलाई अगांलोमा बाध्न नपाउदाको पिडालाई गीतमा समेटिएको छ ।

नवप्रतिभालाई संरक्षण , प्रवद्र्धन हाम्रो अभियानका साथ आफुले गायिका सरितालाई कलायात्राका लागी सहयोग गरेको क्रान्ति सुब्बा ले बताए । गीतको भिडियोलाई हङकङ भित्र पुस्तकका लेखक क्रान्ति सुब्वाले प्रस्तुत गरेका हुन ।

शिर कुमार साङपाङ छायाँकन , सम्पादन तथा निर्देशन बसन्त उम्बुले राई को रहेको छ । ”मन पराउछु माया गर्छु” गायिका स्यम सरिता राई र कृष्ण कुमार राई तथा सविना लिम्वु को अभिनय रहेको छ । गीतमा पुर्वाञ्चलका विभिन्न रमणिय एवम पर्यटकिय सम्भावना भएका स्थानहरुलाई कैद गरिएको निमार्ण पक्षले बताएको छ ।

तपाईको प्रतिक्रिया