काठमाडौं कार्तिक १५ – नेपालि गीत संगीतको बजारमा फरक-फरक स्वादका गीतहरु क्रमस सार्बजनिक भैरहेका छन् । सोहि क्रममा सर्जक तथा लोक दोहोरी गायक दुर्गा बिरहीको “ओइ मोया” बोलको गित बजारमा सार्बजनिक भएको छ । उक्त्त गीतमा दुर्गा बिरही र मेनुका परियारको स्वर रहेको छ, भने शब्द लय दुर्गा बिरही रहेको छ ।

कलाकार अर्जुन बिक, टिका सानु, निर्मल क्षेत्री, सरिस्मा मगर, प्रियंका नेपाली बिन्दास ढकालको अभिनय रहेको गितको भिडियोलाई निर्देशन दुर्गा बिरही आफैले गरेका हुन् भने छायांकन प्रकाश खड्का र बिष्णु शर्मा सम्पादनको रहेको छ । प्रस्तुत गीतबाट अशंख्य श्रोता तथा दर्शकहरुको मन जित्नेमा दुर्गा बिरही ढुक्क रहेका छन् । गीतको अडियो तथा भिडियोलाई आत्मा बिश्वास फिल्म्स प्रालिको युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया