काठमाण्डौ कार्तिक १५ – नेपालीहरुको महान चाड बिजया दशमी सकिँदै गर्दा पुनः तिहार संग सम्बन्धित गीतहरु पनि बजारमा आउन थालिसकेका छन् । सोहि क्रममा उमेश ठगुन्नाको शब्द सृजनामा “देउसी भैलो नचरी” बोलको गीत भर्खरै बजारमा आएको छ । सर्जक उमेसले संदैब मौलिक गीत संगीतको नै खोजि गरिरहेका हुन्छन् । यस अघि पनि उनले धेरै गीतहरुमा आफ्नो कलमको मसि खर्चीसकेका छन् । यस पटकको गीत खुमन र ऋतु ढकालको प्रस्तुतिमा रहेको छ ।

“देउसी भैलो नचरी” बोलको गीतमा लय तथा संगीत संयोजन पदम बि.सी को रहेको छ भने स्वर खुमन र ऋतु ढकालको रहेको छ । मुर्चुङ्गा डिजिटल स्टुडियोमा रेकर्ड भएको गीतलाई मिक्सिंग संजय श्रीपालले गरेका हुन् । प्रस्तुत गीतको म्युजिक भिडियोमा निकिता, रिया, शेर मल्ल, खगेन्द्र, पद्मा, र श्रेयाको आकर्षक मौलिक अभिनय देख्न सकिन्छ । यस गीतको म्युजिक भिडियोलाई निर्देशन डोप नरेन्द्रले गरेका हुन् भने छायांकन नरेन्द्र एस.के र सम्पादन निर्देशक स्वयम् डोप नरेन्द्रले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Leave a Reply

Your email address will not be published.