विभिन्न नेपाली चलचित्रहरु तथा म्युजिक भिडियोहरुमा कलाकारको भुमीकामा निकै ब्यस्त बनेका छन विराटनगरका गंगा कुवंर । कलाकारिता प्रतिको मोह र प्रतिभा भएका कारण उनी आफनो रुची पुरा गर्नको लागी र एक सफल कलाकार बन्ने महान सपना पुरा गर्नका लागि यस क्षेत्रमा लागेको उनी बताउँछन् । गंगाले उत्साहित हुदै भने् – मेरो सानैदेखी कलाकार बन्ने ठुलो सपना थियो । त्यही सपनालाई पुरा गर्न म नेपाली कलाकारिता क्षेत्रमा आएको उनी बताउछन ।
आफनो मेहनत गरे अनुसार सफलता पाइरहेको बताउदै उनले भने ‘गर्दै जाँदा एक दिन अवश्य पनि सफलता मिल्छ त्यसैले मैले कलाकारितालाई निरन्तरता दिनुपर्छ ,सबैको सुझाव र प्रेरणाका साथ एकदिन सफल हुने विश्वास लिएको ’ उनी बताउछन । शंकर अधिकारी घायलद्धारा लेखन तथा निर्देशन गरिएको नेपाली कथानक चलचित्र मेरो दिल छ पोखरा बाट उनी नेपाली रजटपटमा खलनायकबाट उदाएका हुन ।
अहिले उनी कलाकारिताको लागी निकै लागिपरेका छन् । छोटो समयमै उनलाई सफलता पनि मिलेको छ । दर्जनौ नेपाली चलचित्रका गीतहरुमा गंगालाई देख्न सकिन्छ । मेरो दिल छ पोखरामा , एल हाउस मा उनले अभिनय गरिरहेका छन ।
माया की सम्बन्ध तथा दानराजमा आफु अनु्बन्धित भएको उनले बताए । मोफसलको सहर विराटनगर स्थित विद्युत प्राधिकरणका सरकारी जागीरबाट अवकाश पाए पछी उनी अभिनय मा लागी परेका हुन । उमेरको कारणबाट आफु पछाडि परेपनी आफनो बाल्यकालको सपना पुरा गर्नको लागी साथै नेपाली मौलिक चलचित्रलाई आफुले केही योगदान नेपाली चलचित्रको क्षेत्रमा पुगाउनको लागी पनी यो क्षेत्रमा होमिएको उनी बताउछन । खलनायक को भुमीकामै किन देखिन मनपराउनुहुन्छ भन्ने हाम्रो प्रश्नमा उनी भन्छन ” समाज भित्रका विभिन्न प्रकारका कुरुती र विसंगतिको बारेमा आफनो अभिनय कला प्रस्तुत गर्नको लागी आफुलाई निकै मन पर्ने उनी बताउछन ” ।
शंकर अधिकारी घायल साथै किशोर खतिवडाको साथ र सहयोगबाट आजको स्थानमा आफु आउनको लागी संक्षम भएको उनी बताउछन । जिवनको कलान्तरमा आगामी समयमा पनी विभिन्न माध्यमबाट नेपाली सिने क्षेत्रमा नै आफु निरन्तर लागी परिरहने प्रतिवद्धता समेत ब्यक्त गरे । कलाकार तथा खलनायक गंगा कृुँवरलाई हाम्रो तर्फ बाट आगामी कलाकारिताको शुभकामना ।