काठमाण्डौ कार्तिक ०६ – लोक तथा दोहोरी त्यसमाथि काँठ क्षेत्रका गीत संगीतमा पछिल्लो समय आफ्नो उच्च बर्चस्व स्थापित गर्न सफल गायक सरोज लामिछानेको फेरी अर्को गीत भर्खरै बजारमा आएको छ । उक्त गीत “मेरो मायालाई” नाममा बजारमा आएको हो । यस समयमा काँठे गीतहरुको निकै चर्चा बढेको छ । के पूर्व के पश्चिम, सबै भेगका श्रोता तथा दर्शकहरुले यी यस्ता गीतहरुलाई आफ्नो उच्च रोजाईमा राखी रहंदा अझै सरोजको लोकप्रियता बढेको छ ।

उनले यस अघि काछी कहाँ छ, हे मेरो सानु, बदाम खाको सुन्तला छोडाको, हे बैगुनी, सालको पात हर माया, कहाँ होला र सुन जस्तो पितल लगाएतका धेरै गीतहरु आफ्ना श्रोता तथा दर्शकहरुलाई दिईसकेका छन् । गायक तथा सर्जक सरोज लामिछाने यस पटक बजारमा ल्याएका  “मेरो मायालाई” बोलको गीतलाई पनि अशंख्य श्रोता तथा दर्शकहरुले पहिले झैं माया गरिदिनु हुनेछ भन्ने कुरामा ढुक्क रहेका छन् । गीतमा सरोज लामिछाने , मेलिना राई, काल्यान रत्न कार्की,  बालकुमार श्रेष्ठ, कल्याण राना मगर, मनिषा घोरासैनी र पुष्पा बोहराको सुमधुर स्वर सुन्न सकिन्छ भने लय शब्द गायक स्वयम् सरोजको रहेको छ ।

अहिले लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा कलाकारहरुलाई निकै चुनैती बढेको छ । किन कि पहिलेको तुलनामा अहिले श्रोता तथा दर्शकहरुले स्तरीय गीत कुन हो भन्ने छनोट गर्न सक्ने भैसकेका छन् । त्यसैले पनि गायक तथा सर्जक सरोजले उक्त गीतको अडियो क्वालिटी र भिडियोलाई पनि साधान श्रोतले भ्याए सम्म स्तरीय बनाउने प्रयास कोसिस गरेका छन् ।

प्रस्तुत गीतको म्युजिक भिडियोमा नेपाली चलचित्र जगतमा निकै रुचाइएक नायक दिलिप रायमाझीको अभिनय देख्न सकिन्छ । साथमा अन्जली अधिकारीको अभिनयले पनि यस गीतको आकर्षणमा वृद्धि ल्याएको छ । भिडियोलाई निर्देशन प्रकाश भट्टले गरेका हुन् भने छायाँकन नबराज उप्रेती, अजय रेग्मी र सम्पादन बिष्णु शर्माले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया