कार्तिक ०२ काठमाण्डौ – नेपाली सुगम संगीतको बजारमा लोकप्रिय गीतकार तथा गायिका मिरादेवी राईले पुनः अर्को गीत बजारमा लिएर आएकी छिन । उनले यस अघि पनि थुप्रै गीतहरु बजारमा ल्याएर अशंख्य सुगम संगीत पारखिहरुको मन जितिसकेकी छिन् । हाल रोजगारीको सिलसिलामा इजरायलमा रहेकी उनले बाध्यता र बिवस्तामा रहेको आफ्नो दैनिकीलाई सहज रुपमा अगाडी बढाउन पनि गीत संगीतलाई साथ् लिएको बताउछिन् ।

सानै उमेरबाट गीत संगीतलाई अत्यन्त मन पराउने उनि स्कुले जिबनमा भलिबल खेलका साथै डान्समा पनि अति रुची राख्दथिन् । खोटाङ्गको एक दुर्गम वस्तीमा जन्मिएकी गीतकार तथा गायिका मीरा नाच्न  र विभिन्न मनोरन्जनात्मक कार्यक्रममा सहभागिता जनाउन मरिमेटथिन् । तर पनि उनि रहेको समाजले यस्तो किसिमको स्वतन्त्रतालाई त्यति धेरै रुची राख्दैन थियो । यो हुँदा हुँदै पनि गीतकार तथा गायिका मिरा समाजमा छोरा मात्र होइन छोरी पनि खुलेर जिउन पाउनु पर्छ भन्ने मान्यतामा राख्दथिन् ।

उनकै प्रस्तुतिमा अहिले “साँझ ढल्यो” बोलको गीत बजारमा आएको छ । गीतमा सबैका प्रिय गायक रामकृष्ण ढकालको स्वर सुन्न सकिन्छ भने शब्द मिरादेबी राई र संगीत रोशन राई पालुवा स्टारको रहेको छ । स्टुडियो भर्सनमा तयार भएको गीतको भिडियोलाई अहिले गीतकार तथा गायिका मीरादेवी राईको आफ्नै युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

 

Leave a Reply

Your email address will not be published.