काठमाण्डौ असोज २६ – बर्षौं देखि नेपालि गीत संगीतको क्षेत्रमा क्रियासिल रहेर अशंख्य संगीत पारखीहरुलाई आनन्दित तुल्याइरहेका सर्वप्रिय गायक भोजराज काफ्लेले पुनः अर्को गीत लिएर आएका छन् । स्तरीय तथा शंख्यात्मक रुपमा पनि उनको गीत अहिले बजारमा रहेका छन् । गायक भोजराजले बिशेष गरेर कुनै पनि गीत संगीत मार्फत समाजमा संदेश दिनुपर्छ भन्ने मान्यता राख्ने गरेका छन् ।

त्यसैले पनि कुनै पनि रोमान्चक धार अथवा स्लो बिटको मर्मस्पर्सी गीतबाट उनले संदेश फैलाउन खोजेका हुन्छन् । गायक तथा सर्जक भोजराज काफ्लेको यस पटक बजारमा आएको गीत पनि त्यस्तै रहेको छ । बोतलको पानि भाग २ “तर हल्ला नगर” नाममा बजारमा आएको यस गीतमा भोजराज काफ्ले र पार्वती कार्कीको सुमधुर स्वर रहेको छ । गीतलाई लय तथा शब्द संगीत भोजराज काफ्ले कै रहेको छ ।

बोतलको पानि भाग २ “तर हल्ला नगर” बोलको गीतको म्युजिक भिडियोमा निशान बि.सी र करिश्मा ढकालको आकर्षक अभिनय देख्न सकिन्छ । मोडल निशान यस क्षेत्रका लागि निकै आशा लाग्दा कलाकार हुन् । उनले यस अघि पनि केहि गीतहरुको म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् भने अर्की मोडल करिश्मा ढकालले यस अघि पनि थुप्रै गीतहरुको म्युजिक भिडियोमा काम गरेर अशंख्य दर्शकहरुको मन जितिसकेकी छिन् । प्रस्तुत गीतको म्युजिक भिडियोलाई निर्देशन शंकर बि.सी ले गरेका हुन् भने छायांकन दुर्गा पौडेल र सम्पादन नबिन घर्ति मगरले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।


 

 

Leave a Reply

Your email address will not be published.